• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्षको घर पहिरोले पुरियो, छोरी बेपत्ता

14.9K
SHARES



जाजरकोट । 

क्रान्तिकारी पत्रकार संगठन नेपालका जाजारकोट अध्यक्ष तिर्थ बोहरासहित तीन जनाको घर पहिरोले पुरिएको छ ।

शनिबार रातिदेखि आएको अविरल वर्षासँगै आइतबार विहान जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिका–३ ठाँटीबजार नजिकै गएको पहिरोमा पुरिएको हो । पहिरोबाट बोहरा र उनकी पत्नीको उद्दार गरिएपनि एक छोरा एक छोरी भने वेपत्ता भएका छन् । पहिरोले सँगै रहेका अन्य दुई घर पनि पुरेको छ ।

उद्दार कार्य जारी रहेकोले के कति क्षति भयो भन्ने एकिन हुन नसकेको घटनास्थलमा रहेको पत्रकार दिपबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार अध्यक्ष बोहरा अचेत अवस्थामा रहेका छन् ।

प्रहरी र स्थानीय उद्दारमा जुटिरहेका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ