काठमाडौँ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ । देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले बताए ।
आयोगले पसिन देउवा समूहको महाधिवेशनको कार्यतलिकाबारे पत्र मंगलबार पत्र प्राप्त भएको जानकारी दिएको छ । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख छ ।
देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ ।
त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ । कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अगाडि बढाइएको छ ।
संस्थापनले यसअघि असोज १८ गतेदेखि १५ औँ महाधिवेशन गर्दैछ । त्यस विरुद्ध देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो । कांग्रेसमा आधिकारिकताका विषयमा विवाद छ ।
प्रतिक्रिया