• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन विश्वविद्यालय सभा बैठक असोज २२ गते बस्ने

    149
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२ गते बैठक बस्न लागेको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारिले जानकारी दिए ।

    २०८३ असारभित्रै बसिसक्नुपर्ने त्रिवि सभा बैठक अहिलेसम्म बस्न सकेको थिएन । यसले गर्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अगाडि बढ्न नसकी अन्योल सिर्जना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताए ।

    ​त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद-१७ मा सभाको वार्षिक दिवस बैठक तथा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिन अगावै सूचना, कार्यसूची र प्रस्तावहरू सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, असोज २२ गतेका लागि भनिएको त्रिवि सभा बैठकबारे सदस्यहरूलाई हालसम्म कुनै औपचारिक जानकारी समेत नगराइएको जोशीको भनाइ छ।

    ​विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको वर्षौँको अध्ययन, परिश्रम र शैक्षिक यात्रासँग जोडिएको महत्त्वपूर्ण प्रक्रिया हो। विद्यार्थीले आफ्नो मेहनतले हासिल गरेको उपाधि औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयलाई हल्का रूपमा लिँदै नियमित प्रक्रिया छलेर ल्याउन खोज्नुले प्राज्ञिक थलोको मर्यादामाथि प्रहार गरेको उनले उल्लेख गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ