काठमाडाैं। चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी भएकाे छ । बुधबार सांझ सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएकाे उक्त घटनामा कम्तीमा १६ जनाको ज्यान गएकाे छ ।
मिडियाका रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ भने घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।
हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।
प्रतिक्रिया