• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    माओवादीलाई अहिलेसम्मकै ठूलो सफलता, ३ सैनिक कमाण्डरको मृ’त्यु, आधुनिक हतियार कब्जा

    222K
    SHARES



    काठमाडौँ । फिलिपिन्सी सरकारी सेना र माओवादीबीच फेरि युद्ध सुरु भएको छ । शान्ति वार्ताप्रति सरकार गम्भीरन भएको भन्दै युद्धविराम भंग गरेको माओवादीले सशस्त्र संघर्षलाई अगाडि बढाएको छ । फिलिपिन्सको उत्तरी लुजोन कमाण्ड रहेको कार्डिलेरामा सरकारी सैनिक र माओवादी सेनाबीच तीन घण्टा लामो भिडन्त भएको छ । उक्त भिडन्तमा परी ३ सरकारी सैनिक कमाण्डरको मृ’त्यु भएको छ भने दर्जनजति घाइते भएका छन् ।

    फिलिपिन्स माओवादीको आफ्नै आधिकारिक वेभसाइटलाई उदृत गर्दै रेड स्पार्क वेभसाइटले जनाएअनुसार सरकारी सशस्त्र सेनाको उत्तरी लुजोन कमाण्डको हेडक्वाटर (नोल्कोम) का अनुसार १५ जुलाइमा भएको माउन्टेन प्रान्तको टैटबोन, बेसओ र सैटिओ दंडनाक क्षेत्रलाई आधार बनाएर बसेको सरकारी ८१ औं बटालियनमाथि माओवादीहरूले आ’क्रमण गरेका हुन् ।

    नोलका‘मका प्रवक्ता लेफ्टिनेंट कर्नल इसागनी नाटोले माओवादीसँग तीन घन्टा दोहोरो भिडन्त भएको अस्वीका गरेका छन् । सोही भिडन्तमा सशस्त्र सेनाबाट माओवादी विद्रोहीहरूले ३ स्क्वाड स्वचालित हतियार (एसएडब्ल्यू), दुई आर ४ राइफल्स, एक एम २०३ ग्रेनेड ला‘न्चर र एक हैंडहेल्ड हैरिस रेडियो पनि कब्जा गरेका थिए ।

    जनवादी सत्ता स्थापनाको लागि पचास वर्षदेखि जारी फिलिपिन्सको माओवादीहरु युद्धमा छन् । सन् १९६९ देखि सशस्त्र संघर्षको बाटो रोजेको माओवादी आन्दोलन ६ महिनाअघिसम्म सरकारसँग वार्ता भएको थियो । सरकार वार्ताप्रति गम्भीर नबनेको भन्दै माओवादीहरूले युद्धविराम भंग गरेको घोषणा गरेका थिए । यो भिडन्तमा माओवादीलाई ठूलो सफलता प्राप्त भएको छ । यो शान्ति वार्ता भंग भएपछिकै ठूलो सफलता हो।

    यता भाकपा (माओवादी)ले भारत–पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको संघर्षलाई चर्काउन भारत र पाकिस्तानी जनतालाई आह्वान गरेको छ । आफू कास्मिरी जनताको संघर्षको पक्षमा रहेको भन्दै दुवै देशका प्रतिक्रियावादी सरकारविरुद्धको संघर्षलाई झन् चर्काउन आह्वान गरेको हो । उसले काश्मिरी जनताको संघर्षमा आफ्नो समर्थन रहेको बताएको छ ।

    पार्टीका केन्द्रीय प्रवक्ता अभयले एक विज्ञप्ति जारी गर्दैै जम्मु–कास्मिरमा भइरहेको गोली हानाहानका घटना प्रभुत्त्ववादी प्रवृत्तिको द्योतक भएको भन्दै यसमा भारतीय मिचाहा प्रवृत्ति बढी जिम्मेवार रहेको बताएका छन् । उनले दुवै देशका सरकारको विरोध गरेको छ ।

    ‘पाकिस्तानले गरेका आक्रमणको जवाफमा भारतले गरेको भनेको सर्जिकल स्ट्राइकको प्रामाणिकताको कुरा त छँदैछ, यसमा सैन्य पक्षभन्दा पनि राजनीतिक प्रभाव देखाउने उद्देश्य मोदी सरकारको रहेको छ’ विज्ञप्तिमा भनिएको छ । उनले पाकिस्तान विरोधी प्रवाहका माध्यमबाट विभिन्न प्रान्तमा हुन लागेको राज्यसभाको चुनावमा राजनीतिक फाइदा लिने दाउमा हिन्दू फासिवादको अभ्यास मोदी सरकारले गरिरहेको बताएका छन् ।

    ‘भारतीय जनता पार्टीले अघि सारेको अखण्ड भारतको नारा छिमेकीलाई तर्साउने र आतङ्कित पार्ने नारा हो र यसले भारतीय विस्तारवादी चरित्रलाई दर्शाउँछ, भारतीय प्रतिक्रियावाद मणिपुर र काश्मिरका जनताको सङ्घर्षमाथि सैन्य दमन गरिरहेको छ र उता बेलुचिस्तानका जनतामाथि अन्याय भएको कुरा गर्छ । त्यसैगरी पाकिस्तानको प्रतिक्रियावादी सरकार उता बेलुचिस्तनाका जनतामाथि दमन गरिरहेको छ’ प्रवक्ता अभयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । माओवादीले सीमा क्षेत्रमा भइरहेको जारी द्वन्द्व ब्रिटिस, इयु र मूलतः अमेरिकी साम्राज्यवादको स्वार्थसँग गाँसिएको बताएको छ ।

    भारतबाट अलग हुने अधिकारलगायत काश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई आफ्नो समर्थन रहेको भारतीय माओवादीले वक्तव्यमा बताएको छ । ‘हाम्रो खुला समर्थन भएको कुरा हामी दोहोर्याउँछौँ, काश्मिरी जनताको अधिकारको यस लडाइँका पक्षमा उभिन हामी भारत र पाकिस्तानका जनतालाई आह्वान गर्छौँ, विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ