• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो मनोरञ्जन

‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

13.1K
SHARES



काठमाडौँ । मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ ।

अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुको अभिनय रहेको गीतमा वर्षाको नृत्य आकर्षक छ । वर्षा फिल्मको यही गीतमा मात्र देखिनेछिन् । गीतमा उनको केमेष्ट्री अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ ।

आशिष अविरलको संगीत रहेको गीतमा निरुषा भट्टराईको शब्द तथा स्वर छ । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा इओनको अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ