काठमाडौँ । हलिउड फिल्म ‘अवतारः फायर एण्ड एस’ (अवतार ३) ले नेपालमा ४ करोड बढी कमाउन सफल भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा ‘अवतार ३’ले ४ करोड ६५ लाख ७५ हजार ४७० नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा यो फिल्मको टिकट भने १ लाख १४ हजार ३१ वटा बिक्री भएको छ ।
बक्सअफिसमा गत शनिबार रातिसम्मको व्यवसाय समेटिएको छ । जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर)बाट प्रदर्शनमा आएको थियो । फिल्मको बजेट २५ करोड अमेरिकी बताइएको थियो ।
‘अवतार’ पहिलो श्रृखलादेखि नै काल्पनिक पाण्डोरा ग्रहमा पृथ्वीबाट जाने अमेरिकी सैनिकहरूले उक्त ग्रहलाई उपनिवेश तुल्याउन, महँगा खनिज खोज्न र आदिवासीलाई लखेट्न गर्ने संघर्षको कथा पस्किँदै आएको छ ।
जसमा पाण्डोराका आदिवासी आफ्नो थातथलो र पहिचान जोगाउन संघर्ष गर्छन् । अवतारको अर्काे श्रृखला ‘अवतार ४’ २०२९ डिसेम्बर २१ र पाँचौं श्रृंखला ‘अवतार ५’ २०३१ डिसेम्बर १९ मा प्रदर्शनमा आउने बताइन्छ ।
प्रतिक्रिया