• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    प्रधानमन्त्रीको सम्मानमा निकालिएको र्‍यालीमा शक्तिशाली विस्फोट, कयौंको मृत्यु

    20.6K
    SHARES



    एएफपी ।

    नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौं सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।

    इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित र्‍यालीमा दशौं हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए । जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो ।

    राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बीचैमा राकेर घटनास्थलबाट बाहिरिएका थिए भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए, प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका संवाददाताले बताए ।

    जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।

    विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

    प्रधानमन्त्रीका रूपमा पद सम्हालेपछिको छोटो समयमा नै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए। मानवअधिकार उल्लंघन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए।

    पछिल्लो घटनालाई अहमदले ’इथियोपियालाई एकताबद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रूपमा चित्रण गरेका छन्।

    गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए ।

    २०७५ असार ९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ