• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए हामी पुनर्निर्माण गर्छौ : गोपाल किराँती

    12.4K
    SHARES



    काठमाडौं, ३० जेठ । 

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनयुद्धको धावनमार्ग भत्काएको आरोप लगाएका छन् । यस्तै उनले प्रचण्ड मण्डलीले माओवादी केन्द्र परित्याग गरेर एमाले बनेको समेत आरोप लगाए ।

    बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धका मुद्दा र जनयुद्धको राजनीतिक कार्यदिशा परित्याग गरेर प्रचण्ड एमाले बन्न पार्टी परित्याग गरेको आरोप लगाए ।

    किराँतीले प्रचण्डले बिगारेको जनयुद्ध र माओवादी आन्दोलनको बाटो अब आफुहरुले पुनर्निर्माण गर्ने बताएका छन् । पछिल्लोचरण प्रचण्डका कारण माओवादी भन्ने सब्द नै विकृत बनेको भन्दै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको बताए ।

    यस्तै उनले जनयुद्धको मूल्य मान्यतालाई अल्त्याएर बनेको एमाले-माके मण्डली नेतृत्वको पार्टी कम्युनिष्ट हुन नसक्ने बताएका छन् । जनयुद्धमा आफुहरुले देखाएको सपनाका कारण हजारौहजार सपुतहरुले रगत बगाएको भन्दै किराँतीले शहिदहरुले छोडेर गएको सपनालाई अहिलेको पिढीले पुरा गर्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालीन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुनर्निर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’

    किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लिको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने, ‘प्रचण्ड र बाबुराम अन्तिममा आएर पुँजीवादी गणतन्त्रतिर लाग्नुभयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

    अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग गरेका छन् । मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ