• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    रामेछापमा नेकपाले लियो यस्तो एक्सन, ६ जनाको ९९ रोपनी जग्गा कब्जामा

    14.6K
    SHARES



    रामेछाप, २८ जेठ । 

    नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले देशाभार भूमाफिया र तस्कर, दलालहरुमाथि भकाभक एक्सन गर्न थालेको छ । ओली प्रचण्डको कोस्टवाला नेकपा नेतृत्वमा रहेको सरकारका स्थानीय जनप्रतिनिधिहरुले समेत दलालहरुलाई प्रसय दिनथालेपछि नेका एक्सनमा उत्रिन थालेको छ ।

    यस्तै नेकपा निकट जनापरिसदले रामेछाप जिल्लामा ६ जनाको नाममा रहेको जग्गा कब्जा गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीमा रहेको उक्त जग्गा आइतबार मध्यराति झण्डा गाडेर कब्जा लिएको घोषणा गरेको छ ।

    जग्गा कब्जापछि सोही ठाउँमा टाँसेको अपीलअनुसार खाँडादेवी–१ राकाथुमका मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, सोही गाउँपालिकाको वडा नम्बर २, मझुवाका रोजबहादुर तामाङ र तेजबहादुर तमाङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका चण्डिलाल तामाङको नाममा रहेको उक्त जग्गा कब्जामा लिएको उल्लेख छ ।

    जनपरिषद्ले २०३८-३९ सालतिर उनीहरुले सार्वजनिक जग्गा आफ्नो नाममा लिएको सार्वजनिक अपीलमा उल्लेख छ । त्यसैगरी जग्गा कब्जा गर्नुका चार कारण पनि बुँदागत रुपमा उल्लेख गरिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको जनपरिसदले जग्गा कब्जा गर्नुका यस्ता कारणहरु सार्बजनिक गरेको छ । 

    १. नापी विभागलाई ठूलो रकम दिई अमिन ल्याई नक्सा पास गरेको ।

    २. गाउँका सोझा सिधा जनतालाई ललाई फकाई जग्गा दिन्छु भन्दै पैसा उठाएको तर हालसम्म जग्गा पनि नदिएको र पैसा पनि नदिएको ।

    ३. नीज व्यक्तिहरु जनविरोधी क्रियाकलापमा संलग्न भएको ।

    ४. सार्वजनिक जग्गा पैसाको भरमा व्यक्तिको नाममा गरी किनबेचको प्रचार गरी जनता ठगेको ।

    पछिल्लोपटक देशभर समानान्तर सत्ताको अभ्यास गर्दै गइरहेको नेकपाले ओली-प्रचण्ड नेतृत्वको सरकारलाई टक्कर दिने गरी सथानीय तहमा गतिविधिहरु बढाउन थालेको छ ।

    यस्तै स्थानीय जनप्रतिनिधिहरुको समेत मिलोमतोमा सार्बजनिक जग्गालाई व्यक्तिगत बनाउदै किनबेच गर्ने दलालहरुको रबैया बढेको भन्दै नेकपाले आफ्नो पार्टीले कब्जा गरिएको जग्गा किनबेच गरे जस्तोसुकै कमद चाल्न बाध्य हुने चेतवानी पनि दिएको छ ।

    यस्तो छ जग्गा कब्जा गर्नुपर्ने कारणसहितको अपिल 

    कब्जा गरिएको जग्गा 

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ