काठमाडौं। सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ ।
बिहीबार तेजावी सुन १ लाख ११ हजार ४ सय ५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया