• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    माओवादी नेता बालकृष्ण ढुंगेल रिहा, डिल्लीबजारमा भव्य स्वागत

    26.5K
    SHARES



    काठमाडौं, १५ जेठ ।

    जनयुद्धकालको मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल रिहा भएका छन् । रिहा भएलगत्तै शुभचिन्तकहरुले उनलाई डिल्लीबजारमा भब्य स्वगत गरेका छन् ।

    द्वन्द्वकालिन मुद्दालाइ सत्य निरुपण मेलमिलाप आयोग बनाएर हाल गर्ने भनिए पनि ढुंगेललाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो ।

    जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका हुन् । उनी अरु ८१६ कैदीसँगै आजै छुटेका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

    कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

    आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् ।

    ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

    ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ