• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लवले धोका दिएपछि पार्टी पुर्नगठन गर्यौं- कञ्चन

    5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विप्लवबाट धोका भएपछि पार्टी पुर्नगठन गरेको प्रष्ट पारेको छ । गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत विप्लव गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको कञ्चनको भनाइ थियो ।

    काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ बाटो अपनाएको प्रष्ट पारे।

    उनले भने, ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्‍यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।’

    उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको बताए।

    ‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं।’ उनले भने-‘ केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौं।’

    कञ्चनले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरे । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराएका छन् । उनले भने, ‘पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं ।’

    उनले जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि बताए।

    मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको कञ्चनको भनाइ थियो । धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका बहुमत असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ