• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो- ओली

    2.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

    शनिबार काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् ।

    उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर पनि गरे । त्यस्तै, ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

    एमालेलाई चुनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

    वर्तमान सरकार पाँच न्यायाधीशले नियुक्त गरेको बालुवाको मुला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए ।

    त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेका मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको पनि बताए । ओलीले एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बढारेर लैजाने दाबीसमेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया