• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत भिडियो मनोरञ्जन

    लोकप्रिय कलाकार दिनेश थापाको टिमले ल्यायो लोकदोहोरी गीत ‘हत्ते नहाल’ (भिडियोसहित)

    34.5K
    SHARES

    काठमाडाैं । पुर्वेली लोकभाका फ्युजनसहित लोकदोहोरी गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ ।

    लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ लोकदोहोरी गीत गरिएको हो । यस भिडियोलाई गायक थापाको यूट्यूब च्यानलमार्फत बिहीबार साँझ सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

    गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । दिनशन शाहको भिडियो सम्पादन रहेको यस भिडियोमा गोदाबरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको छ ।

    गायिका भावना आचार्यको चर्चित गीतहरु बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै लगायतका गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको लगायतका दर्जनौं गीत रहेका छन् भने उनको मोडलिङमा पनि दर्जनौं गीतहरु बजारमा उपलब्ध छन् । त्यस्तै कामना वलीका पनि धेरै गीत बजारमा आइसकेका छन् । यी तीनै जना प्रत्यक्ष लाइभ दोहोरीमा खप्पिस हुन् ।

    हत्ते नहाल गीतका विषयमा गायक थापाले भने विवाहपछि कसैसँग परेको मायाप्रेमलाई प्रस्तुत गरिएको छ । गीतलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिन थापाले अनुरोध गरेका छन् । हेर्नुहोस भिडियो

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ