• आज : २०८१ चैत्र, १९

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, १९

    समाचार

    युवा सङ्घलाई ओलीको निर्देशन: कसैले देशलाई अप्ठ्यारोमा पार्न खोजे बाघले झम्टिए झैँ झम्टनू

       सञ्चारकेन्द्र    २०८१ चैत्र १३ गते   ०४:५० बजे
    3.6K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले देशलाई अप्ठ्यारोमा पार्न खोजे बाघले झम्टिए झैँ झम्टन राष्ट्रिय युवा सङ्घ नेपाललाई निर्देशन दिएका छन् ।

    युवा सङ्घद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले मुलुकको स्थायित्व र विकासमा बाधा पुर्याउनेहरूविरुद्ध युवा सङ्घ दृढताका साथ उभिनुपर्ने बताए।

    ओलीले मुलुकको परिवर्तनलाई पछि फर्काउने प्रयासलाई असफल पार्न युवा सङ्घ सक्षम रहेको उल्लेख गरे। ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’

    उनले विगतको एमाले निकट ‘युथ फोर्स’ जस्तै शक्तिशाली, तर शान्तिपूर्ण रूपमा परिचालित टोली आवश्यक रहेको उल्लेख गरे।

    प्रधानमन्त्री ओलीले भने, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

    प्रधानमन्त्री ओलील् यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे ।

    विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ