• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शिक्षक महासंघले गर्यो अनिश्चितकालीन आन्दोलन घोषणा, एसईई कापी जाँच नगर्ने चेतावनी

    6.9K
    SHARES



    काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरी चैत २० गतेदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागितामा काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने जनाएको छ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार शिक्षकहरूले शिक्षा क्षेत्र सुधारका लागि पटकपटक सरकारसँग भएका सम्झौताको कार्यान्वयन माग गर्दै आन्दोलन चर्काउन लागेका हुन्।

    शिक्षक महासंघले स्थायी, राहत, अस्थायी, करार, प्राविधिक, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको समस्या समाधान गर्दै गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्न नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ।

    महासंघले पहिलो चरणमा पालिका, जिल्ला र प्रदेशस्तरमा आन्दोलन गर्दै फागुन २४ मा काठमाडौंमा वृहत् विरोधसभा गरिसकेको छ। दोस्रो चरणमा चैत ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना, चैत ७-१५ सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रअगाडि रिले अनशन गरिएको थियो।

    अब चैत २० गतेदेखि सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंमा सडक आन्दोलनमा उत्रिने भएका छन्। शिक्षक महासंघले सरकार माग पूरा गर्न गम्भीर नभएमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच नगर्ने निर्णय गरेको छ। यसले देशभरका परीक्षार्थीहरू प्रभावित हुन सक्ने देखिएको छ।

    महासंघले विद्यालय शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने बताएको छ। अध्यक्ष सुवेदीले भने, “यो आन्दोलन शिक्षाको गुणस्तर सुधार, विद्यार्थी हित र शिक्षक कर्मचारीको माग पूरा गराउने उद्देश्यले अघि बढाइएको हो। शान्तिपूर्ण, अनुशासित र मर्यादित आन्दोलनमार्फत सरकारलाई बाध्य पार्नेछौं।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ