काठमाडौँ । तीनकुनेमा भएकाे प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । महर्जनको शव परिवारको जिम्मा लगाइएको छ । त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया