• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कानुनी कारण देखाउँदै सभामुखले भने- तपाईंको निलम्बन फुकुवा गर्न मिल्दैन

    381
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाका लागि गरिएको आग्रह सभामुखले अस्वीकार गरेका छन्। सभामुख देवराज घिमिरेले कानुनी कारण देखाउँदै लामिछानेको निलम्बन फुकुवा गर्न नमिल्ने स्पष्ट पारेका हुन्।

    पुस ८ गतेदेखि निलम्बनमा परेका लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले धरौटीमा रिहा गरेपछि रास्वपाले लगातार निलम्बन फुकुवाको माग गरिरहेको छ। मंगलबार लामिछाने नेतृत्वमा रास्वपा नेताहरूले सभामुख घिमिरेसँग भेट गरी पुनः फुकुवाको आग्रह गरेका थिए।

    तर सभामुखले लामिछानेको निलम्बन संसद नियमावलीअनुसार नभएको भन्दै आफूले निर्णय गर्न नसक्ने बताएका छन्। “मैले सांसद पद निलम्बन गरेको होइन, केवल सूचना टाँसेर जानकारी गराएको हुँ। अदालतको आदेश अनुसार नै यो प्रक्रिया अगाडि बढेको हो,” सभामुख घिमिरेले प्रष्ट्याए।

    रास्वपा नेतृ सोबिता गौतमले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सभामुखले निर्णय लिन सक्ने धारणा राखेकी थिइन्। तर सभामुख घिमिरेले यस्तो कदम अदालतको अवहेलनामा पर्ने तर्क गरेका छन्।

    रास्वपाले लामिछानेको निलम्बन फुकुवाका लागि निरन्तर दबाब दिँदै आएको छ। तर कानुनी जटिलताका कारण तत्काल फुकुवा सम्भव नदेखिएको सभामुखको भनाइ छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ