काठमाडौँ । सरकारले आम सर्वसाधारणलाई राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आग्रह गरेकाे छ । मंगलबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाइ एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आम सर्वसाधारणलाई राजावादीहरुको अराजक प्रदर्शनमा नजान अपिल गरेका हुन् ।
तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको मन्त्रिपरिषद् बैठकले निन्दा गरेको भन्दै उक्त घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने र घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी गरएका हुन् ।
प्रतिक्रिया