• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु

    4.2K
    SHARES



    हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको ज्यान गएको छ। काभ्रेबाट मामाघर आएका दुई बालक र स्थानीय एक बालकको डुबेर मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालका अनुसार, सोमबार अपराह्न करिब ४:३० बजे सिस्नेरी बजार पछाडिको खोलामा डुबेर उनीहरूको ज्यान गएको हो।

    मृतकमध्ये १४ वर्षीय सुशान्त आचार्य इन्द्रसरोबर–३ सिस्नेरी डोडारे निवासी श्यामबहादुर आचार्यका छोरा हुन् भने काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी दाजुभाइ हुन्।

    स्थानीय बासिन्दाका अनुसार, उनीहरू पौडी खेल्न खोलाको ढुंगाको ओढारमा जमेको पानीमा गएका थिए। गत असोजमा कुलेखानी जलाशयको ड्यामबाट पानी छोडिँदा सो स्थानमा गहिरो दह बनेको थियो, जहाँ पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको छ।

    घटनापछि प्रहरी र स्थानीयबासीले उद्धार गरी मृतक बालकहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। यस दुःखद घटनाले स्थानीय क्षेत्र शोकमा डुबेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ