काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ । रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने निस्क्रिय भएका थिए । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् । मुद्दा लागेपछि उनलाई सांसद पदबाट निलम्बित गरिएको छ ।
यसबारे रास्वपाले पटकपटक कुरा उठाउँदै आएको छ । आजकै भेटका क्रममा यसै विषयमा कुरा हुनेछ ।
प्रतिक्रिया