• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    माओवादीले ओली-प्रचण्डलाई भन्यो- प्रकाण्डसहितका नेताहरुलाई तत्काल रिहा गर

    14.5K
    SHARES



    काठमाडौं।

    नेकपा प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्ताहरु गिरफ्तारीको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले विरोध जनाएको छ । साथै बिना कारण गिरफ्तार गरिएका नेताहरुको रिहाइको माग गरेको छ ।

    केपी-प्रचण्ड सरकारले राजनीतिक अधिकारमाथि बन्देज लगाउने खालको फासिस्ट गतिविधि देखाएको भन्दै भ्रत्सर्ना गरेको छ ।  माओवादीका संयोजक बिमल अधिकारीले बिहिबार एक विज्ञप्ति जारी गर्दै केपी-प्रचण्ड सरकारले जनताका लागि लड्दै आएका क्रान्तिकारीमाथि दिन प्रतिदिन धरपकड, गिरफ्तारी गरेर झुटा मुद्दा लगाउन थालेको भन्दै त्यसको निन्दा गरेका छन् ।

    ‘नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्डसहितका ३ जना कमरेडहरूलाई नेपाल सरकारले यहि साउन २२ गते गिरफ्तार गरी हिरासतमा राखेको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘आफूलाई ‘कम्युनिष्ट’ भन्ने सरकारले यसरी जनताका लागि लड्ने कम्युनिष्टह क्रान्तिकारीहरुलाई दिन प्रतिदिन धरपकड र गिरफ्तार गरी झुटा मुद्दा लगाइ हिरासतमा राख्नु अत्यन्तै दु:खद एवम् निन्दनीय बिषय हो ।’

    उनले प्रकाण्डसहितका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह समेत गरेका छन् । पार्टी कामको सील हिडिरहेका प्रवक्ता प्रकाण्डसहित ३ जनालाई मंगलबार साँझ चोभारबाट गिरफ्तार गरेर हिरासतमा राखेको छ । ओली-प्रचण्ड सरकारको ज्यादती र धरपकडबिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले चरणबद्ध आन्दोलन समेत गरेको छ ।

     हेर्नुहोस् विज्ञप्ति

    २०७५ साउन २४ मा प्रकाशित ।

    प्रतिक्रिया