• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    असारे काका र पदम राईसहित नेकपाका ५० नेता-कार्यकर्ता गिरफ्तार

    22.5K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

    शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ ।

    ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् । विभिन्न पार्टीबाट आज नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

    दुई नेतासहित कार्यक्रमस्थलबाट ५० जना नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको नेकपाले जनाएको छ ।  यस्तै गिरफ्तार गरिएका नेता असारे का र पदम राईलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

    यस्तै अर्का नेता एवं केन्द्रीय सदस्य मकर गुरुङलाई पनि त्यही राखिएको छ । अन्य पचास भन्दा बढी कार्यकर्तालाई प्रहरीले घेरा हाली गिरफ्तार गरी गाडीमा राखेर वृत्तमा पुर्याएको गिरफ्तारमध्येका एक जनाले बताए ।

    गिरफ्तबारे वृत्तमा सम्पर्क गर्दा सोधपुछ भइरहेको हुनाले अहिले केही भन्न नमिल्ने जानकारी वृत्तले दिएको छ । वृत्तबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरिएको हो ।

    राई यसअघि गत असोजमा पार्टी निकट युवाहरुको संगठनको राष्ट्रिय सम्मेलनस्थल पूर्वबाट झुठा आरोपमा गिरफ्तार गरी पछि अदालतको आदेशमा रिहाई भएका थिए ।

    कार्यक्रमम विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्नेहरुका लागि जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित ‘धुर्बिकरण तथा पार्टी प्रवेश कार्यक्रम’ राखिएको थियो ।

    प्रतिक्रिया