• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा

3.1K
SHARES



काठमाडौं । नबिल बैंक लिमिटेडले २ सय ६५ औं शाखा सोलुखुम्बुको नाम्चेमा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने रणनीतिक अनुसार नाम्चेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र स्थानीय पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा उक्त शाखा कार्यलय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।

पूर्ववडाध्यक्ष शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने पनि बताए ।

नबिल बैंकका सीईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ