• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    बर्षातमा समेत आलितालमा अबैध खोला उत्खनन, गाउँपालिका अध्यक्ष भन्छन्- ‘मलाई थाहा छैन’

    19.4K
    SHARES

    डढेलधुरा । जिल्लाको आलिताल गाउँपालिका भित्र विभिन्न ठाउँमा अबैध तरिकाले मनपरी नदिजन्य उत्खनन गरेको खुलासा भएको छ । गाउँपालिका भित्र पर्ने गाउँपालिका वार्ड नं ५ स्थित सेलेढुंगा, रंगुन खोलालगायत अन्य साना खोलाबाट समेत बर्षौदेखि ठेकेदार कम्पनीहरुले मनपरी तरिकाले उत्खनन् गर्दै आएपछि स्थानीय सरकार भने बेखबर बनेको छ।

    आइईई गरेको दुई बर्ष बितिसक्दा पनि गाउँपालिकाले ठोस निर्णय गर्न नसक्दा बर्षातमा समेत अबैधरुपमा जथाभावी खोला उत्खनन गर्ने क्रम बढेको छ । स्थानियवासी र सरोकारवाला समुदायले बारम्बार कुरा उठाउँदा पनि गाउँपालिकाले नयाँ आर्थिक वर्षमा यसबारे छलफल गरौला भन्दै टार्ने गरेको स्थानीय जनताको गुनासो छ । यता सरोकारवाला समुदायसँग एउटा कुरा गरेर आलटाल गर्दै गाउँपालिकाले उता अबैध उत्खनन कार्यलाई रोक्न नसक्दा जनताले जनप्रतिनिधिहरुलाई शंकाको दृष्टिकोणले हेर्न थालेका छन् ।

    सञ्चारकेन्द्रले यसबारे जिज्ञासा राख्दा कार्यपालिका सदस्य गणेश कामीले गाउँपालिकाले जनअपेक्षा अनुसार निर्णय गर्न नसक्दा जनताले शंका गर्नु स्वाभाविक रहेको बताए। गाउँ पालिकाका प्रवक्ता लोकेस महराले भने यसरी मनपरी हिसावले ढुंगा, गिट्टी र बालुवा निकाल्नेमा बुडर जोगबुढा सडक कालोपत्रे गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवा प्रालि र अन्य केही निर्माण कम्पनी रहेको स्विकार गरेका छन् ।

    प्रबक्ता महराले भने- “गाउँपालिकाले निर्णय गरेर वैधानिकरुपमा ढुंगा, बालुवा निकाल्न ठेक्का दिन ढिलाई गर्दा बढेको मनपरी उत्खननले गाउँपालिकालाई लाखौको आर्थिक घाटा भइरहेको छ ।” सञ्चारकेन्द्रको प्रश्नमा गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले आइईई रिपोर्ट आउँन ढिला भएका कारण अबैध उत्खनन रोक्न नसकेको भन्दै आगामी भाद्रसम्म टेन्डर प्रक्रियामा जाने प्रतिबद्धता जनाएका छन् ।

    यसरी डोजर लगाएर अबैध उत्खनन किन गर्न दिएको भन्ने हाम्रो प्रश्नमा गुरुङले आफुलाई त्यसबारे जानकारी नभएको र कसैले घरायसी प्रयोगको लागि लगेको होला भन्ने अनुमान रहेको भन्दै हास्यास्पद अभिव्यक्ति दिएका छन् । समाचार स्रोतका अनुसार आइईई रिपोर्ट आइसकेर आर्थिक बर्षको सुरुवातमै पास पनि भइसकेको तर टेन्डर आब्हान नगरी मिलोमतोमा केही निर्माण कम्पनीलाई अबैध उत्खनन गर्न दिएको बताइएको छ ।

    प्रतिक्रिया