• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    कृष्णसेन इच्छुककाे १८ बर्षअघि महेन्द्र पुलिस क्लबमा यसरी गरिएको थियो ह’त्या, घटनामा यी प्रहरी थिए सहभागी

    8.1K
    SHARES

    काठमाडाैं । आज भन्दा १८ बर्षअघि २०५९ जेठ १३ गते प्रगतिशील लेखक, पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लवमा ह’त्या गरिएको थियो । तत्कालिन बेला माओवादीलाई समर्थन गर्ने पत्रकार भएको र राजाको साशनका बिरुद्ध बोलेकाे भन्दै उनलाई चरम यातना दिएर निर्ममता पुर्वक ह’त्या गरिएको थियो।

    काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट जेठ ६ गते गिरफ्तार गरिएका सेनलाई ८ दिनसम्म निरन्तर यातना दिँदा महेन्द्र पुलिस क्लवभित्रै उनका दुवै खुट्टा भाचिसकेका थिए । खुट्टा भाचिएको अबस्थामा पनि उनलाई प्रहरी कु’टीकु’टी ह’त्या गरेको थियो । ह’त्या गरिनुभन्दा अघि प्रहरीले उनका दुवै हात पछाडी बाँधेको थियो ।

    प्रगतिशील साहित्य लेखन गरेका र परिवर्तनका पक्षमा पत्रकारिता गरेका सेनको ह’त्या भएको आज १८ बर्ष पुरा भइसकेको छ तर उनका ह’त्यारा प्रहरी अफिसर पहिचान भएर पनि खुलेआम हिडिरहेका छन् । माओवादीलाई समर्थन गरेको आरोपमा ह’त्या गरिएका सेनका तत्कालिन आदर्श नेता भनु या माओवादीका सुप्रिम कमाण्डर पुष्प कमल दाहाल ‘प्रचण्ड’को पार्टी अहिले सरकरको बागडोर सम्हालिरहेको छ ।

    तर प्रचण्डले आफ्नो आदेशमा जनयुद्धमा हाम फाल्ने शहिद परिवार र बेपत्ता परिवारलाई अझै न्याय दिन सकेका छैनन् । भने सेनका ह’त्यारालाई समेत कानुनी दायरामा ल्याउन चुइक्क बोल्न सकेका छैनन् । विचार र आस्थाका आधारमा पत्रकार सेनालाई हिरासतमा लिएर ह’त्या गर्ने प्रहरी अधिकृतमाथि १८ बर्षसम्म पनि कारवाही नहुँदा उनका परिवारजनमा निराशाको बादल छाएको छ ।

    सादा जीवन उच्च विचारका धनि मानिने सेनले लिएको निष्ठा र आदर्शलाई पछ्याउने मान्छेहरु आज नेपाल तथा नेपाल बाहिर पनि उतिकै छन् । सेनलाई प्रगतिशील पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्वको रुपमा आज स्मरण गरिन्छ । नेपाल पत्रकार महासंघले आज देशभर विभिन्न कार्यक्रम गरेर सेनलाई सम्झिने गरेको छ ।

    को हुन् क्रान्तिकारी शहिद पत्रकार सेन ?

    २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर कायरतापूर्वक हत्या गरिएका सेनाको पुर्ख्यौली घर अर्घाखाँचीको जलुकेमा पर्छ तर उनको जन्म भने वि.सं. २०१३ सालमा भारतको देहरादुनमा भएको थियो ।

    उनका बुबा भारतीय सेनामा जागिरे भएका कारण उनको जन्म भारतको भएको थियो । लाहुरे परिवारमा जन्मिएका सेनको वाल्यकाल ६ बर्ष भारतमा बितेको थिए भने प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए ।

    दाङमै शिक्षा दिक्षा लिएका सेनले आफ्नो काव्य यात्राको थालनी पनि दाङबाट प्रकाशितहुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । जनपक्षीय पत्रकारिताका धरोहर कृष्ण सेन पत्रकार र साहित्यकार मात्र नभएर शिक्षक पनि थिए । राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि कलम चलाउने सेनाले परिवर्तनको बाटो अगालेकै कारण उनि त्यो बेलाका समानता र साशकको निसानामा परेका थिए।

    वाल्यकालमा तत्कालिन साशकले गरेका शोषण, अन्याय, अत्याचार र धाकधम्की गरेको प्रत्यक्ष देखेका कारण उक्त रवाफका बिरुद्ध सानैदेखिकलम चलाउन सुरु गरेका इच्छुक हत्या हुँदाका बेला जनदिशा दैनिकका प्रधान सम्पादक थिए ।

    कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भएको थियो र उनीहरुको कोखबाट छोरीको जन्म भएको थियो । सब्दको खेति गरेर जनतामा चेतनाका बिउ रोप्ने इच्छुकलाई सांस्कृतिक तथा पत्रकार सहिदका रुपमा सम्मान गरिदै आइएको छ । सेनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ। प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ।

    इच्छुकको हत्या कसरी गरिएको थियो, को-को हुन् ह’त्यारा ?

    महेन्द्र पुलिस क्लवमा २०५९ साल जेठ १३ गते चरम यातना दिएर अमानविय तरिकाले कायरतापूर्ण ह’त्या गरिएका इच्छुकको क-कसले ह’त्या गरेका हुन् भनेर अहिलेसम्म औपचारिकरुपमा कसैले पनि बयान दिएका छैनन् । तर तत्कालिन प्रहरीको जिम्मा लिएका अधिकृतहरुलाई मुद्दा चलाउन सकिने प्रयाप्त आधारहरु छन् ।

    समाचार स्रोतका अनुसार महेन्द्र पुलिस क्लवको जुडो हलछेउ माथिल्लो घरको पहिलो तलाको भिआइपी कोठामा बिहान ११ बजेपछि उनको ह’त्या गरिएको थियो । इच्छुकलाई डोरीले पछाडी हात बाँधेर भुईमा लडाइएको थियो । स्रोतका अनुसार उनलाई प्रहरीले मात्र नभई सेना र प्रहरीको संयुक्त टोलीले ह’त्या गरेको हो कि भन्ने पनि छ ।

    केही प्रहरी अधिकारीले त्यहाँ सैनिक पोशाक लगाएका ४ जना पनि सहभागी भएको अनौपचारिक बयान पनि दिएका छन् । बर्दीधारी मध्येका एक जनाले इच्छुकलाई राजाको देशमा बसेर प्रजाको कुरा गर्ने ? भनेर एक्कासी टाउकोमा हानेको समेत बताइएको छ । प्रहरीले यो देश कस्को हो ? भनेर सोधेको प्रश्नमा इच्छुकले जनताको भनेपछि उनलाई अत्याधिक यातना दिइएको थियो ।

    यातनापछि बर्दिधारी व्यक्तिले यो देश जनताको होइन, राजाको हो भन्दै तँ पनि ठकुरी, राजा पनि ठकुरी र म पनि ठकुरी, तैले किन राजाको बिरोध गरेको भन्दै चरम यातना दिएका थिए । स्रोतका अनुसार नेपाल प्रहरीको तत्कालिन डिआइजी अमरसिंह शाहले इच्छुकलाई चरम यातना दिएका थिए भने तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले ह’त्याको निम्ति सहयोग गरेका थिए।

    स्रोतका अनुसार इच्छुकको दुवै खुट्टा भाचिएको र दुवै हात पछाडी बाधिएको अवस्थामा पनि अमानवीय ढंगले दुईजना प्रहरीलाई समात्न लगाएर तत्कालिन नगर प्रहरी इन्चार्ज बिक्रम थापाले भित्तामा अड्याँउदै लगातार बुटले हानिरहेको थिए ।

    इच्छुकको ह’त्या गरिसकेपछि उनको शवलाई बोरामा हालेर गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा १ च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा राखी महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालेर मध्यरात आर्यघाटमा लगेर जलाइएकाे थियो ।

    त्यतिबेला नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर ज्यान लिए पश्चात तत्कालिन सरकारका गृह प्रवक्ताले इच्छुकको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा मारिएको झुटो विज्ञप्ती निकालेर घटनाको जिम्मा लिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ