• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    कपिलवस्तुमा भेटिएको अत्याधुनिक हतियारबारे नेकपाले मुख खोल्यो, यस्तो रहेछ यथार्थ, विज्ञप्तिसहित

    18.5K
    SHARES



    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शिवनगर नगरपालिका वडा नं. १ मा अत्याधुनिक हात हतिओयार राखेको र प्रहरीले बरामद गरेको भनेर प्रचार गरिएको हतियार प्रहरी आफैले राखेर भ्रमपूर्ण प्रचार गरेको आरोप लागेको छ । नेकपाले आफ्नो पार्टीमाथि दमन गर्न सरकारले योजनाबद्ध त्यसरी हतियार राख्दै पत्रकार सम्मेलन गर्दै गरेको आरोप लगाएको छ । विप्लव नेतृत्वको नेकपा दिनप्रतिदिन शक्तिशाली बन्दै गएपछि सरकारी षड्यन्त्रअनुरूप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गर्न पुरानो जनयुद्धकालको हतियार राखेर प्रचार गराइएको नेकपाले जनाएको छ ।

    साथै नेकपाले यस प्रकारका षड्यन्त्र नगर्न सरकारलाई चेतावनी दिएको छ । नेकपामाथि दमन गर्ने योजनाअनुरूप प्रहरी आफैँले हतियारहरू राखेर यस प्रकारका प्रचार गर्दै जाने हि भने नेकपाले त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ । नेकपाले जनताको बिचमा रहेको आफ्नो पार्टीमाथि यसरी सड्यन्त्र जारी राखे जनताले नै प्रतिवादने गर्ने चेतावनी दिएको छ ।

    शिवनगरबाट प्रहरीले ५ थान एसएमजी (सर्ट मेसिन गन) त्यसमा लाग्ने म्यागजिन १३ थान र ३ सय ९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेकपाको रहेको भनी पत्रकार सम्मेलन मार्फत प्रचार गरेको थियो । उक्त प्रचारलाई नेकपाले भ्रमपूर्ण, कपोलकल्पित, नियोजित षड्यन्त्रपूर्ण प्रचारबाजी रहेको बताएको छ । नेकपाका राप्ती ब्युरो इन्चार्ज समरले विज्ञप्ति जारी गर्दै उक्त हतियार पार्टीमाथि दमन गर्ने सरकारी षड्यन्त्रबमोजिम आफैँले राखेर भ्रमपूर्ण प्रचार गराएको जनाएका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक दलाल केपी वली–प्रचण्ड सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा दिनदिनै बदनाम र पतीत बन्दै विघटनको दिशातिर उन्मुख छ । आफ्ना काला हर्कतहरू ढाकछोप गर्न वली सरकार नियोजित रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि दमनका अनेक खालका षड्यन्त्र गरिरहेको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसैक्रममा २०७६ साल कात्तिक ३० गते कपिलवस्तुको शिवनगर नगरपालिका १ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

    समरले विज्ञप्तिमा भनेका छन्, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरूप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौँ । नेकपामाथि दमन गर्ने योजनाअनुरूप प्रहरी आफैँले उक्त हतियारहरू राखेर भ्रमपूर्ण प्रचार गराएको पनि स्पष्ट पार्न चाहन्छौँ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ