• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    गिरफ्तार परेको २४ घण्टा नबित्दै छुटे विप्लव पुत्र प्रकाश, रिहा भएपछि दिए यस्तो प्रतिक्रिया

    28.2K
    SHARES



    काठमाडौं । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पुत्र प्रकाश चन्द गिरफ्तार परेको २४ घण्टा नबित्दै रिहा भएका छन् । उनलाई बिहिबार बिहानै प्रहरीले हिरासत मुक्त गरेको छ । प्रकाश चन्दसँगै सुधा पुलामी, अनित घर्तीमगर, अनु तामाङ, प्रमोद तिमिल्सिना, अमित यादव, सीता पौडेललगायतलाई प्रहरीले बिहीबार बिहान रिहा गरेको हो । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले बुधबार दिउसो गिरफ्तार गरेको थियो ।

    विगत १५ दिनदेखि चिकित्सा शिक्षामा सुधार हुनुपर्ने, माफियाकरण बन्द हुनुपर्ने, जनताका छोरा छोरीहरुले सहज र सुलभ रुपमा चिकित्सा शिक्षा समयानुसार गुणात्मक सुधार गरिनुपर्ने तथा चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने जस्ता समय सापेक्ष मागहरु राख्दै मेडिकल कलेजमा आन्दोलन भइरहेकाे छ ।

    प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान पटक पटक झडप समेत भएको थियो । आन्दोलनरत विद्यार्थीहरुले अस्पतालभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । यसैबीच रिहा भएपछि चन्दले शैक्षिक माफियाविरुद्धको आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

    विभिन्न माग राखेर आन्दोलन थालेको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक तथा जनस्वास्थ्यकर्मी महासंघका महासचिव रहेका प्रकाशले रिहा भएसँगै थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । रिहा भएपछि प्रकाशले भने, ‘हामीले आन्दोलनको स्वरुपलाई सबै क्षेत्रमा केन्द्रित गर्छौँ । सम्पत्ती सुद्धिकरण विभागलगायत विभिन्न क्षेत्रबाटसमेत हामी कानुनी लडाइमा लाग्ने छौँ । हामी अब कानुनी हिसाबले पनि आन्दोलन लड्छौँ ।’ प्रकाश अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक समेत हुन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ