• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बन्दका कारण बिहानैदेखि उपत्यकासहित १५ जिल्ला ठप्प, कहाँ-कहाँ भयो विस्फोट र आगजनी ?

    37.3K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका कारण उपत्यकासहित १५ जिल्ला विहानैबाट ठप्प भएका छन् । नेता कार्यकर्तामाथिको दमन, धरपकड र ज्यादतीबिरुद्ध भन्दै नेकपाले बुधबार उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको हो । बन्दका कारण बिहानी सेवाका कलेज, स्कुलहरु ठप्प छन् भने लामो तथा छोटो दूरीको यातयात समेत चलेको छैन । सधै बिहानैदेखि सवारीसाधनको चाप हुने उपत्यकाआ ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरपनि बन्दको दिन सुनसान बनेको छ ।  त्यस्तै रामेछाप र दोलखा, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द भएका छन् । यसअघि बन्दको पूर्वसन्ध्यामा ११ वटै जिल्लामा नेकपाका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।

    बन्दको क्रममा मकवानपुर गएराती र आज बुधबार बिहान दुईस्थानमा गाडी जलाइएको छ । गाडीमा रहेकालाई ओरालेर गाडी जलाएको प्रहरीले जनाएको छ । हेटौंडाका ठाउँ ठाउँमा संकासपद वस्तु भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने मन्ज्याङमा निजी कारमा आगजनी भएकाे छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको हो । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । कार पूर्ण रुपमा जलेको छ । यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताएका छन् ।

    ज्यामिरेमा गुढीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम टाढैबाट प्रहार गरेका थिए । पेट्रोल वम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उनले बताए । बन्दको क्रममामा हेटौंडाको चार स्थानमा बम भेटिएको छ । बम लेखिएका संकासपद् वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सेनाले संकासपद् वस्तु डिस्पोज गर्दा ठुलो आवाज आएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

    यस्तै प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा रहेको एनसेलका ३ टावरमा आगजनी भएको छ । मंगलबार साँझ भद्रपुर कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ । राति एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यस्तै काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ ।

    बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो । बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए। विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन । चर्चित जनवादी कलाकार समेत रहेका लामालाई प्रहरीले साउन ४ गते काठमाडौंँको काँडाघारीमा सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेपछि बन्द आव्हान गरिएको हो ।  एनसेल बिस्फोटमा दोषी ठहर गर्दै जिल्ला अदालत ललितपुरले पुर्पक्षको लागि उनलाई जेल चलाउन गरेको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ । यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले लिएका छैन तर बन्द सफल बनाउने नेकपाले आगजनी गरेको हुनसक्ने नेकपाको अनुमान छ ।

    यस्तै उता झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ