• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार समाचार

    माइला लामालाई समात्न मध्यरातमा ठुलो संख्यामा पुगेको थियो प्रहरी, गिरफ्तारपछि कहाँ पुर्‍यायो ?

    33.4K
    SHARES



    काठमाडौं । एकातिर बार्ताको हल्ला फिजाएर अर्कोतिरबाट सरकारले नेकपा नेता कार्यकर्तामाथिको दमन र गिरफ्तारीलाई व्यापक बनाएको छ । यसै सिलसिलामा शनिबार मध्यरातमा प्रहरीले नेकपा प्रभावशाली नेता तथा उपत्यका व्युरो इन्चार्ज माइला लामासहित २ जनालाई गिरफ्तार गरेको छ ।चर्चित जनवादी गायक समेत रहेका लामालाई प्रहरीले मध्यरातमा घर नै घेराबन्दीमा पारेर गिरफ्तार गरी अपराध अनुसन्धान महासाखा टेकुमा राखेकाे जानकारी प्राप्त भएको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति गिरफ्तार गरेर नेता लामालाई टेकु पुर्याएको प्रहरी स्रोतले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले गएराति १२:२० बजेतिर उनलाई विशेष सूचनाका आधारमा गिरफ्तार गरिएको बताएका छन् ।

    लामासँगै नेकपा कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेका छन् । एसएसपी थापाका अनुसार उनीहरुको साथबाट चारवटा मोबाइल र नेकपाको दस्तावेज बरामद भएको छ । लामालाई समात्न ठुलो संख्यामा प्रहरी काँडाघारी पुगेको थियो । सुराकीको सूचनाका आधारमा माइला लाम रहेको घरमा पुगेको प्रहरीले घर नै घेराबन्दीमा पारेर खान तलासी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी निदाएपछि मात्रै प्रहरीले उक्त घर घेरा हालेको बुझिएको छ । यसअघि नेपालले चुनाव बहिस्कार अभियान चलाएका बेला समेत प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । चौतर्फी दवाव र चर्को आलोचनापछि उनी रिहा भएका थिए ।

    यसपटक प्रतिबन्धपश्चात पनि प्रहरीले लामो समयदेखि उनलाई खोजि गर्दै आएको थियो । काठमाडौं सीतापाइलाका चर्चित लामा जनवादी गायक समेत हुन । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका छन् । उनका गीतहरु जनताका आवाज बुलन्द गर्ने खालका हुन्छन् । एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।   अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि धरपकड हेर्दा सरकारले बार्ताभन्दा पनि नेकपा आफ्ना कार्यकर्ता पक्राउ अभियानमा लागेको र नेता–कार्यकर्तालाई प्रलोभनमा पार्न अनेक षड्यन्त्र गरिरहेको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

    फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएयता नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । वार्ताको हल्ला गरेलगत्तै सरकारले गत सोमबार नेकपाका चार नेता कार्यकर्तालाई जिल्ला अदालत तनहुँबाट पक्राउ गर्‍यो । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र पार्टी कार्यकर्ता सन्तोष विकलाई पक्राउ गरिएको थियो। सरकार वार्ताको मनस्थितिमा भए नेकपा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्न किन लागिपरेका छ ? भन्ने प्रश्न चौतर्फीरुपमा उब्जिएको छ ।  यता नेकपाले भने  सरकारले आन्दोलन ठेगान लगाउन नसकेपछि वार्ताको भ्रम फैलाएर थप दमनको तयारी गरेको जनाएकाे छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ