• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपा प्रभावशाली नेता तथा चर्चित जनगायक माइला लामा मध्यराति गिरफ्तार

    15.1K
    SHARES



    काठमाडौं । नेपाल प्रहरीले मध्यरातमा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई गिरफ्तार गरेको छ। शनिबार राती घर नै घेराबन्दीमा हालेर काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपाका एक केन्द्रीय नेताले संचारकेन्द्रलाई जानकारी दिए । नेता लामासँगै कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेका छन्। ‘लामा र तामाङ्गलाई ठुलो दलबलका साथ पुगेको प्रहरीले गिरफ्तार गरेको सूचना आएको छ । यो दलाल सरकारको लज्जास्पद हर्कत हो । यो कायरतापूर्ण गिरफ्तारिको हामी घोर भर्त्सर्ना गर्दछौं ।’ उनले संचारकेन्द्रसंग भने ।

    नेता लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे गिरफ्तार गरेको अपराध अनुसन्धान महाशाखाका प्रमूख एसएसपी सहकुल बहादुर थापाले बताएका छन्। गिरफ्तारपछि उनलाई कहाँ राखिएको छ भन्ने विषयमा प्रहरीले केहि जानकारी दिएको छैन ।जनवादी गायक समेत रहेका लामा नेकपाका  प्रभावशाली नेता मानिन्छन्। सरकारले अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न भने छोडेको छैन। तर धरपकड हेर्दा सरकार वार्ताको वातावरण बनाउनभन्दा पनि नेकपा आफ्ना कार्यकर्ता पक्राउ अभियानमा लागेको र नेता–कार्यकर्तालाई प्रलोभनमा पार्न अनेक षड्यन्त्र गरिरहेको राजनीतिक विश्लेषकहरुको बुझाई छ । हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेताकार्यकता समातिएका छन्।

    वार्ताको हल्ला गरेलगत्तै सरकारले गत सोमबार नेकपाका चार नेता कार्यकर्तालाई जिल्ला अदालत तनहुँबाट पक्राउ गर्‍यो । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र पार्टी कार्यकर्ता सन्तोष विकलाई पक्राउ गरिएको थियो। सरकार वार्ताको मनस्थितिमा भए नेकपा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्न किन लागिपरेका छ ? भन्ने प्रश्न चौतर्फीरुपमा उब्जिएको छ ।  यता नेकपाले भने  सरकारले आन्दोलन ठेगान लगाउन नसकेपछि वार्ताको भ्रम फैलाएर थप दमनको तयारी गरेको जनाएकाे छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ