• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    सुकुम्बासीको उठिबास लगाउन हरैयामा वाइसिएल परिचालन, स्थानीयले विद्रोही नेकपा गुहारे

    7.4K
    SHARES



    धनगढी । अविरल वर्षमा कारण जमिन जलमग्‍न भइरहेको बेला सरकारले सुकुम्बासीको उठिबास लगाएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा बस्दै आएका सुकुम्बासीको सरकारले उठिबास लगाएको हो । उनिहरुका घर टहरा भत्काउन पूर्वमाओवादी केन्द्रका नेता-कार्यकर्ता परिचालन भएका छन् । वर्षका कारण टहराको जीवन कष्टकर भइरहेको बेला सरकारले विहीबार टहरा भत्काउन थालिएको हो । सुकुम्‍बासीको विचल्ली भएको छ ।

    जसले सामन्त भन्दै जमिन कब्जा गरी सुकुम्बासीलाई बसाएका थिए, अहिले उनीहरुलाई लखेट्न लगाइएको छ । पूर्वमाओवादी केन्द्रका नेता-कार्यकर्तालाई सुकुम्बासीका घर-टहरा भत्काउन लगाइएको छ । प्रहरीलाई समेत खबर नगरी वाइसिएल नेता-कार्यकर्ता हरैयामा पुगेका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टका अनुसार युवाहरु टहरा भत्काउन सुरु गरेपछि प्रहरी पनि परिचालन भएको छ । केही जग्गा दलाल र नेताहरुको मिलेमतोमा उक्त जमिन सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिलाई बेचेका थिए । उक्त कम्पनीले अर्को ठाउँमा बसोबासको व्यवस्था गर्ने सहमति पूरा नगरेपछि ४८ परिवार सुकुम्बासी सोही स्थानमा बसिरहेका थिए ।

    गत माघ २५ गते हरैयाको २१ बिगाहा जमिन खरिद गरेको थियो । उता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुकुम्बासीको उठिबास लगाउने कार्यप्रति आपत्ति जनाएको छ । उसले भारी वर्षा भएको बेला समान्य मानवियता समेत गुमाएर सरकारले नागरिकको उठिबास लगाएको भन्दै आक्रोश पोखेको छ। सुकुम्बासीको उठिबास लगाउने कार्यको सुरुदेखि विरोध गर्दै आएको नेकपा कैलालीले जबरजस्ती गरे उक्त जमिनमा कुनै पनि संरचना बनाउन नदिने चेतावनी समेत दिएको छ । आफूहरुको उठिबास लगाउन वाईसीएल परिचालन भएपछि स्थानीयहरुले नेकपा गुहारेका हुन ।

    यस्तै सञ्चारकेन्द्रलाई प्राप्त सूचना अनुसार त्यहाका सुकुम्वासी उठाउन सत्ता पक्षीय पार्टीका नेता कार्यकर्ता मात्र नभई विप्लव नेतृत्वको नेकपाकै पत्रकार प्रकाश डुम्रे र हिम बिस्टको समेत भूमिका रहेको छ । सञ्चारकेन्द्रलाई प्राप्त गोप्य सूचनाअनुसार डुम्रे र बिस्टले उक्त जग्गासँग जोडिएका भूमाफिया पोखराका बिमल बस्यालसँग मोटो रकम लिएका छन् ।

    विप्लव र प्रकाण्डसँग कुरा गरिदिने भन्दै उनीहरुले बस्यालसँग रकम लिएर सुकुम्वासी उठाउन भूमिका खेलेका हुन् । उनीहरुले यस्तो बर्षातमा ओत लाग्ने ठाउँ नै नभएको अवस्थामा सरकारलाई बस्ति नै खाली गर्न लगाएको भन्दै सुकुम्वासी वस्तीमा रुवाबासी चलेको छ। बिहीबारदेखि देशका अधिकाँश भागमा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण धेरै ठाउँमा डुबान समेत सुरु भइसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया