• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    माओवादी नेता श्रीनाथ अधिकारीको निधनले विप्लव स्तब्ध, निकाले यस्तो समवेदना व्यक्तव्य

    11.5K
    SHARES



    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को असामयिक निधनप्रति नेकपाका महासचिव विप्लवले शोक व्यक्त गर्दै मृतक अधिकारीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । मंगलबार एक श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै महासचिव विप्लवले श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको पनि उल्लेख गरेका छन् ।

    महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘२०१२ सालमा गोरखामा जन्मिएर २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील, इमानदार तथा निष्ठावान् नेता नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको छ । नेपाल कम्युनिस्ट पार्टी कमरेड श्यामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकसन्तप्त अधिकारी परिवार तथा पार्टी पङ्क्तिमा गहिरो समवेदना प्रकट गर्दछ ।’

    गएको पुस २९ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका अधिकारीलाई थप उपचारको लागि बैशाख २७ गते हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट व्यूरो सदस्य समेत रहेका नेताको निधन भए लगत्तै पार्टीका महासचिव मोहन वैद्य‘किरण’ लगायत पार्टीका नेता कार्यकर्ताहरुको अस्पताल पुगेका थिए ।

    विसंं २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका नेता अधिकारी वि.संं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । २०४८ पछि माओवादी आन्दोलनमा अशल राजनीतिक गुरुकारुपमा परिचित अधिकारी नेपालमा जनयुद्ध तयारीका सुरुवातकर्ता पनि हुन् । गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापक समेत रहेका नेता अधिकारी एक इमान्दार र निष्ठावान क्रान्तिकारी नेता थिए । मालेमावादी दर्शनको क्षेत्रमा उनको विशेष दख्खल रहेको थियो ।

    अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार विहान ९ बजेदेखि १२ बजेसम्म क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा राखिएको थियो । अधिकारीप्रति अन्तिम श्रद्धाञ्जलीका लागि सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपाका अध्यक्ष ऋषि कट्टेल, माले महासचिव सिपी मैनाली, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु कुपण्डोल कार्यालय पुगेका थिए । अधिकारीको पार्थिव शरीरमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले पार्टीको झण्डा ओढाई अवीर, फूल माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि अधिकारीको शवलाई दाहासस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो । आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका जेष्ठ सुपुत्र नारायण अधिकारी‘निश्चल’ले दागबत्ति दिएका थिए । नेता अधिकारीको अन्तिम विदाइका लागि क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु महासचिव मोहन वैद्य र नेकपाका अध्यक्ष ऋषि कट्टेललगायत अन्य कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु समेत आर्यघाट पुगेका थिए । सरकारले प्रतिबन्ध लगाएका कारण श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन् नपाएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पशुपति आर्यघाटमा भने देखिएका थिए । विप्लवका बिद्यार्थी, मजदुर, क्रान्तिकारी पत्रकार संगठन र विभिन्न जवसका कार्यकर्ताहरु घाटमा देखिएका थिए ।

    यस्तै नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका पीवीएम अधिकारीको निधनले पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित बनाएको भन्दै नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको जनाएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले सोमबार जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा दिवंगत नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गरिएको छ ।

    नेता अधिकारीका श्रीमती, तीन छोरा र दुई छोरी छन् । विसंं २०१२ सालमा गोरखामा जन्मिएका नेता अधिकारी २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील थिए । उनी कम्युनिस्ट आन्दोलनका इमानदार र निष्ठावान् नेता मानिन्छन् । हेर्नुहोस विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ