• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    संखुवासभामा सेना परिचालन, हेलिकोप्टरबाट ५० जनाको ‘एलआरपी’ टोली घटनास्थलमा

    13.4K
    SHARES



    काठमाडौं । संखुवासभाको सिलिचोङ-१ मा सशस्त्र प्रहरी र नेकपा कार्यकर्ताबीच फायरिङ भएको समाचार बाहिरिएपछि नेपाल सेना परिचालन भनेको छ । प्रहरीले एकोहोरो गोली चलाएको भए पनि नेकपा कार्यकर्ता देखेर आफै तर्सिएको प्रहरीले दोहोरो फायरिङ भएको भन्दै काठमाडाैंबाट मद्दतका नेपाली सेनाको टोली मगाएको हो  । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभा पुगेको स्रोतले बतायो ।सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो । नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।

    प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए । उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप टोली पठाइएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले दोहोरो भीडन्तको हल्ला गरेर प्रहरीले नेता कार्यकर्ताहरुको सामूहिक हत्या गर्ने षड्यन्त्र रचेको तर्क गरेको छ । नेकपा सगरमाथा ब्युरोले आफ्ना नेता कार्यकर्ताहरुले अहिलेसम्म कुनै फायरिङ नगरेको प्रष्ट पारेको छ । सुरक्षाकर्मीमाथि आक्रमणको कुनै नीति नै नरहेको भन्दै दोहोरो भिडन्तको हल्ला फिजाएर सर्लाही र भोजपुर घटना दोहोर्याउन खोजेको नेकपाको दावी छ ।

    ‘हामीलाई उत्तेजित पार्न यो सब दोहोरो भिडन्तमाको नाटक गरिदैछ तर हामी संयमित छौं ।’ नेकपा एक केन्द्रीय नेताले संचारकेन्द्रसंग भने- ‘यदि ओली सरकारले गरेको दमनकै तहमा हामीले पनि फौजी प्रतिकार गर्ने हो भने त परिस्थित बेग्लै ठाउँमा पुगिहाल्छ नि । त्यसकारण यो सब हामीलाई दमन गर्न सहज होस् भन्ने हेतुले गरिएको कपोलकल्पित कूप्रचार हो । कुनै दोहोरो भिडन्त सिडन्त केहि पनि भएको छैन ।’ दोहोरो फायरिङ भएको समाचार बाहिरिएपछि संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका ति नेताले सचेत रहन पनि सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । साथै ओली सरकार जनताको हत्यामा निरंकुश तरिकाले उत्रिरहेको भन्दै त्यसको चौतर्फी प्रतिकार गर्न सबै पक्षलाई आग्रह पनि गरेका छन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ