• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेपाल बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प, अवज्ञा नगर्न नेकपाको चेतावनी

    9.9K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प बनेको छ । बन्दका कारण बिहानी सेवाका शैक्षिक सस्थाहरु ठप्प छन भने यातायात पनि चल्न सकेको छैन ।

    केपी ओली नेतृत्वको सरकारले आफ्ना निहत्था जिल्ला इन्चार्ज कुमार पौडेलको गोली हानी हत्या गरेको भन्दै नेकपाले त्यसको विरोधमा मंगलबार एक दिने नेपाल बन्दको आयोजना गरेको हो ।  मुख्या राजमार्ग राति १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सावारी साधान चलेका छैनन् ।

    विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी साधन चलेका छैनन् । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

    बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो ।

    यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।

    यता गृहमन्त्रालयले बन्दको प्रभावलाई मध्यनजर गर्दै राजधानी काठमाडौंसहित देशभरको सुरक्षा ब्यबस्था कडा पारेको छ । काठमाडौंमा सोमबार साँझदेखि नै चोक चोकमा व्यापक प्रहरी परिचालन गरेको छ । बन्दकै दिन उता अछाममा दुईवटा सरकारी कार्यालयमाथि आगजनी भएको छ ।

    जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ र ढकारीगाउँपालिका वडा नम्बर ५ को कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कार्यालय सम्पुर्ण रुपले ध्वस्त भएको त्यहाँबाट प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई टेलीफोन गरेर जानकारी दिएका छन् ।

    आगजनीको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन तर नेपाल बन्द सफल पार्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । नेपाल बन्द सफल पार्न सहयोग गरिदिन नेकपाले सबै पक्षलाई अनुरोध गर्दै अवज्ञा नगर्न चेतावनी पनि दिएको छ ।

    साथै ओली सरकार नागरिक हत्यामा उत्रिएर फासिवादी शैलीमा दमनमा उत्रिएको भन्दै त्यसको विरोधमा संघर्षस्वरूप गरिएको नेपाल बन्दको अवज्ञा नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ