• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    माथिल्लो कर्णाली बम विस्फोटको जिम्मा नेकपाले लियो, दियो बम हान्नुको यस्तो कारण, विज्ञप्तिसहित

    15K
    SHARES



    अछाम  । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा शनिबार भएको बिस्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार एक विज्ञप्ति जारी गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै त्यसको बिरोधमा जनस्तरबाट उक्त कार्वाही गरिएको बताएका छन् ।

    उक्त परियोजना नेपाली लगानी र प्रविधिमा नेपालले नै बनाउनु पर्ने र सो परियोजनामा स्थानीय जनताको प्रत्यक्ष सहभागीतामा निर्माण हुनुपर्ने विषयमामा आफ्नो पार्टीले बारम्बार सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दै आएको तर सरकारले नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सो परियोजना सुम्पेकोले कारवाही गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनीको अनुमति बेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाइने जस्ता राट्रघाती सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौं । पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र बर्षायाममा बाढी पहिरोले गम्भीर क्षती पुर्याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्रघाती कदम जारी राखेकाले चेतावनी स्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कार्वाही गरिएको जानकारी गराउछौ ’ विज्ञप्तिमा भनिएको छ ।

    नेकपाले नेपालको चौतर्फी अहित गर्ने, दलाल नेता, नीति निर्माता पोस्ने, भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र त्यसप्रकारको राष्ट्रघाती कार्यमा संलग्न नहुन पनि सबैमा अपिल गरेको छ । साथै परियोजनाका कुनैपनि कार्यहरु अघि बढाएर अटेरी गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्ने र त्यसबाट आउन सक्ने कुनै पनि परिणामको जवाफदेही सरकार र लगानीकर्ता नै हुनुपर्ने नेकपाको चेतावनी छ ।

    ‘परियोजनाका कुनैपनि कार्यहरु अघि बढाएर अटेरी गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्नेछौं । त्यसबाट आउन सक्ने कुनै पनि परिणामको जवाफदेही सरकार र लगानीकर्ता नै हुनुपर्ने छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । बिस्फोटबाट जलविद्युत परियोजनाको कार्यालय र नजिकैको शौचालय पुर्णरुपमा ध्वस्त भएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।

    निकै विवादीत उक्त जलविद्युत परियोजनामा यस अघि पनि बम बिस्फोट भएको थियो । ९ सय मेगावाट क्षमताको उक्त जलविद्युत परियोजना भारतीय कम्पनी जीएमआरलाई दिइएको भन्दै विभिन्न राजनैतिक पार्टीहरुले बिरोध जनाउदै आएका थिए ।

    नेपालको आफ्नै लगानीमा बनाउन सकिने जलविद्युत आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै शुरु देखि नै बिरोध भइरहेको छ । माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा पटकपटक बिस्फोट हुदै आएको छ ।

    यसअघि २०७४ माघ २७ गते उक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको छ । त्यसबखत ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । तर, बम प्रहारपछि ती कामहरु रोकिएका छन् ।

    माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलिई दिइएको भन्दै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले बिरोध जनाउदै आएको छ । सन २००८ मा गोलोवल टेण्डर मार्फत उत्कृष्ठ कम्पनीका रुपमा भारतिय कम्पनी जिएमआरले पाएको थियो ।

    सन् २०१३ बाट पीडीए वर्ता सुरु भई सन् २०१४ पीडीएमा हस्ताक्षर भएको माथिल्लो कर्णाली जलविद्यूत परियोजनाले विद्युत उत्पादन सन् २०२१ बाट सुरु गर्ने पीडीए सम्झौतामा उल्लेख छ ।

    विद्यूत उत्पादन सुरु भएको २५ वर्षमा आयोजना संञ्चालन भएकै अवस्थामा सन् २०४६ मा कम्पनीले नेपाललाई हस्तान्तरण गर्ने पनि उल्लेख छ । तर नेपालीले आफ्नै लगानीमा बनाउन सक्ने आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै बिरोध भैरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ