• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    पदम राईले खोले विद्रोही नेकपा त्याग्नुको गम्भीर रहस्य, भन्छन्- ‘विप्लवलाई भेट्नै दिइएन’

    12.8K
    SHARES



    काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राईले पार्टी परित्याग गर्नुको कारणबारे मुख खोलेका छन् । आइतबार संचारकेन्द्रसँग टेलिफोनमा कुरा गर्दै राईले १ बर्षदेखि आफुलाई नेकपाले जिम्मेवारी र भूमिकाबिहिन बनाएर राखेकोले अन्ततः पार्टी नै परित्याग गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

    पार्टीभित्र त्याग, बलिदान र लगानी गरेका पाका र अनुभवी नेता कार्यकर्ताहरुलाई पाखा लगाएर केहि व्यक्तिगत स्वार्थका लागि गुट जन्मामाउने प्रबृत्ति बढ्दै गएको भन्दै यस विषयमा आफुले लामोसमयदेखि बहस गर्दै आएको उनले संचारकेन्द्रलाई बताए ।

    अहिले पनि महिनादिनअघि देखि पार्टीभित्रका समस्याहरुको बारेमा नेकपा महासचिव विप्लवसँग भेटघाट गरेर छलफल गर्ने बातावरण बनाइदिन पटकपटक आफुले आग्रह गरेपनि विप्लवलाई भेट्न नदिइएको उनको आरोप छ ।

    ‘पार्टीभित्र पुराना, आन्दोलन बुझेका र यहि आन्दोलनका लागि त्याग तपस्या गरेका नेता कार्यकर्तालाई साइड लगाएर सानातिना गुट बनाउने त्यहि गुटबाट आफ्नो स्वार्थ पुरा गर्ने प्रबृत्ति बह्देको छ ।’ उनले संचारकेन्द्रसंग भने- ‘यो खराब प्रबृत्तिको बिरोध गर्दा मलाई १ बर्षदेखि भूमिकाबिहिन बनाइयो । कारवाहीको अफवाह फैलाइयो । यतिसम्म महासचिव विप्लव कमरेडलाई भेटेर केहि छलफल गर्छु भनेर एक महिनादेखि निरन्तर प्रयास गर्दा पनि भेट्न दिइएन ।’

    पार्टीभित्रका आन्तरिक समस्याका बारेमा महासचिवसंग भेटेर छलफल गर्छु भन्दा कारवाहीको अफवाह फैलाइएपछि बाध्य भएर पार्टो त्याग्नुपरेको उनको भनाइ छ ।

    अहिले केहीबेरमा १० बजेपछि सत्तारुढ नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा आफु उक्त पार्टीमा प्रवेश गर्नलागेको समेत उनले पुष्टि गरेका छन् । राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् ।

    यता नेकपाले भने पार्टी हित बिपरित गतिविधिमा संग्लन भएको पाइएपछि स्थायी समिति बैठकले कारवाही गरेको जनाएको छ । राईले पार्टीको नीतिविपरीत अनाधिकृत पात्र र क्रान्तिविरोधी पक्षसँग साँठगाँठ गरेको भन्दै निलम्बन गरिएको नेकपाले बतायो ।

    तर सच्चिने मौका अवधिमा राखिने भन्दै कारवाहीको निर्णय सार्वजनिक नगरिएको स्रोतको बतायो । ‘सच्चिने त परको कुरा, उहाँ त पार्टी नै छोडेर भाग्नु तयारीमा हुनुहुँदो रैछ’ नेकपा स्रोतले भन्यो- ‘पार्टी वैठकमा कार्यकर्तामाथि कुटपिटमा उत्रिने राईजस्तो नेता अहिलेसम्म हामीले देखेको छैन ।’

    जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएर सत्तारुढ नेकपा प्रवेशको तयारीमा जुटेको बिद्रोही नेकपा स्रोतको बुझाइ छ ।

    को हुन् पदम राई ?

    भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

    एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव नेतृत्वको नेकपामा लागेका थिए ।

    गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए । राई नेकपाका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए । जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।

    उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ