• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    एनसेलको कार्यालयमा बम बिस्फोट, यस्तो छ क्षतिको विवरण, कहाँ-कहाँ बम भेटियो ताजा अपडेट

    27.1K
    SHARES



    काठमाडौं  । एनसेल कार्यालयमा बम बिस्फोट भएको छ । सोमबार बिहान पोखरास्थित ऐनसेल कार्यालयमा  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम बिस्फोट गराएको बताईएको छ ।

    तर यता प्रहरीले भने पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गर्दा एनसेल कार्यालयमा क्षति पुगेको जनाएको छ ।

    बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण बिबरणबारे भने एकीन  जानकारी आइनसकेको बताइएको छ । ‘अलि शक्तिशाली बम रहेछ, डिस्पोज गर्दा एनसेल कार्यालयमा सामान्य क्षति भएको छ,’ कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले भने।

    उनका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा रहेको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ। अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको गुरूङले बताए। ‘स्थानीयले शंकास्पद वस्तु भेटिएको खबर गरेका छन्, सेनाको टोली जाँदैछ,’ डिएसपी गुरूङले भने।

    यसैबिच नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन ठप्प बनेको छ । बिहानी सेवाका स्कुल, कलेज र यातायात बन्द छन् । भोजपुर प्रहरीको गोलीबाट जिल्लास्तरीय नेता मारिएपछि नेकपाले त्यसैको विरोधमा नेपाल बन्द आव्हान गरेको हो

    काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् ।।

    बन्दक दिन काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । बन्द अवज्ञा गरेको भन्दै सवारीसाधनहरुमा आगजनी समेत गरिएको छ ।

    बारामा बन्दकर्ताले एक लरीमा आगजनी गरेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान भारतीय ट्रक लरीमा आगजनी गरेको हो ।

    नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो । तर आगजनी कसले र किन ग-यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रव्क्ता रञ्जित सिंह राठोरले जानकारी दिए । जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको उनले बताए ।

    यस्तै मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।

    त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।

    यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए । बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

    यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।

    यस्तै यता भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।

    सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

    यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

    अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

    ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।

    भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे प्रहरीबाट मारिएको विरोधमा विप्लवले सोमबार नेपाल बन्द आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए । जसमा ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । आइतबारदेखि सुरु भएको बम आतंक सोमबार बिहानैदेखि बढेको छ । जसबाट देशभरको जनजीवन त्रस्त बनेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ