• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बन्दको ताजा अपडेट- अवज्ञा गर्ने सवारीसाधनमाथि आगजनी, काठमाडौंसहित दर्जनबढी ठाउँमा बम भेटियो

    17.2K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन ठप्प बनेको छ । बिहानी सेवाका स्कुल, कलेज र यातायात बन्द छन् । भोजपुर प्रहरीको गोलीबाट जिल्लास्तरीय नेता मारिएपछि नेकपाले त्यसैको विरोधमा नेपाल बन्द आव्हान गरेको हो

    काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् ।महानगरीय ट्राफिक प्रहरी  महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् ।।

    बन्दक दिन काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । बन्द अवज्ञा गरेको भन्दै सवारीसाधनहरुमा आगजनी समेत गरिएको छ ।

    बारामा बन्दकर्ताले एक लरीमा आगजनी गरेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान भारतीय ट्रक लरीमा आगजनी गरेको हो ।

    नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो । तर आगजनी कसले र किन ग-यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रव्क्ता रञ्जित सिंह राठोरले जानकारी दिए । जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको उनले बताए ।

    यस्तै मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।

    त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।

    यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए । बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

    यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।

    यस्तै यता भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।

    सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

    यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

    अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

    ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।

    भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे प्रहरीबाट मारिएको विरोधमा विप्लवले सोमबार नेपाल बन्द आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए । जसमा ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

    आइतबारदेखि सुरु भएको बम आतंक सोमबार बिहानैदेखि बढेको छ । जसबाट देशभरको जनजीवन त्रस्त बनेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ