• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    आज नेकपाको नेपाल बन्द- ठाउँठाउँमा विस्फोट र आगजनी, बिहानैदेखि जनजीवन ठप्प

    7.8K
    SHARES



    काठमाडौं । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्‍वान गरेको छ । भोजपुरमा आफ्ना स्थानीय नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको, पार्टीका नेता-कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएको भन्दै नेकपाले एक दिने बन्दको आह्वान गरेको हो ।

    पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका थिए । बन्दका कारण देशभरको विहानैबाट जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी सधान मध्यरातिबाट चलेका छैनन् । राजमार्ग तथा सडकहरु सुनसान छन् ।

    बन्दको अवज्ञा गरेको भन्दै केही ठाउँमा तोडफोट र आजगनीका घटना भएका छन् । यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताहरुले देशका विभिन्‍न स्थानहरुमा मशाल जुलुस बोलेका थिए ।

    राजधानी काठमाडौं लगायतका ठाउँहरुमा बम पनि भेटिएका थिए । काठमाडौँंका भएका सुकेधार, अनामनगर र चन्द्रगिरीमा भएका विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यी विस्फोट नेकपाको योजनामा भएका हुन् वा होइनन् कुनै प्रतिक्रिया आएको छैन ।

    बन्दको दिन बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी भएको छ । प्रहरीका अनुसार नेकपाका कार्यकर्ताले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेका हुन् ।

    आगजनीका कारण गाडीका सबै भाग जलेको छ । यसैगरी, सोमबार बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम भेटिएको थियो । उक्त बम प्रहरी र नेपाली सेनाले बिहान ५ बजेतिर डिस्पोज गरिएको थियो ।

    सेनाको टोलीले प्रेसरकुकर बम डिस्पोज गर्दा ठूलो आवाज आउँदा स्थानीय वासिन्दा तर्सिएका थिए । विप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ । यसैबीच नेकपाका उपत्यका विशेष ब्यूरोले बन्दमा सहयोग गर्न अपील गरेको छ । उसले बन्दको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

    आइतबार नेपाल बन्दको पूर्वसन्ध्यामा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै शक्तिशाली बम बिस्फोट भएपछि गृहमन्त्री राम बहादुर थापा बादलले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् ।

    आइतबार सुकेधारा र सिंहदरवारनजिकै घट्टेकुलोमा शक्तिशाली बिस्फोटमा परी ३ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । घाइतेहरुको ओम अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घटना लगतै सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले सुरक्षा बैठक बोलाएको गृहमन्त्रालय स्रोतले जनाएको छ । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी रहेको पनि स्रोतले संचारकेन्द्रलाई बतायो ।

    सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकामा पर्ने सुकेधारामा आइतबार दिउँसो ग्यास सिलिण्डर बम बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    बिस्फोट कसले गराएको हो ? भन्ने एकीन भइसकेको छैन । यद्यपि बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ । नेकपाले आफ्ना नेता कार्यकर्ता रिहाई माग गर्दै सोमबार बन्द आव्हान गरेको छ । बन्द आव्हानको अघिल्लो दिन त्रसित पार्ने उदेश्यले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ