• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    सुकेधारापछि अनामनगरमा अर्को बिस्फोट, ३ जनाको मृत्यु, यस्तो छ थप अपडेट

    6.3K
    SHARES



    काठमाडौं । सुकेधारामा सिलिन्डर बिस्फोट भएको केहि मिनेटमै आइतबार दिउँसो घट्टेकुलोमा अर्को सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । प्रहरीले घट्टेकुलामा एउटा घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

    राजधानीको सुकेधारामा आइतबार दिउँसो सिलिण्डर बम पड्किँदा २ जना ज्यान गएको छ। प्रहरी स्रोतका अनुसार सुकेधाराको पुलछेउमा अन्दाजी साढे चार बजेतिर बिस्फोट हुँदा २ जनाको मृत्यु भएको हो भने घटनामा परी पाँच जना घाइते भएका छन्।

    घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ। सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ ।

    घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।

    नेपाल बन्दको पूर्व सन्ध्यामा भएको यो बिस्फोटलाई शंकास्पदरुपमा हेरिएको छ । यसैबीच ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेकपाका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ ।

    प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।

    घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन्।आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ। सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै नेकपाले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ।

    (विस्तृत केहीबेरमा आउँदै)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ