• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट, कसले लियो घटनाको जिम्मा ?

    10.3K
    SHARES



    सप्तरी । सप्तरीमा एक जना जन प्रतिनिधिको घरमा बम बिस्फोट भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति कुकर बम बिस्फोट भएकाे हो ।

    बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    विष्फोटमा परेका गोईतको ढाडभन्दा तल छर्रा लागेको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुकाे समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिए ।

    यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले भ्रष्टाचारकाे बिराेधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फाेटकाे जिम्मा लिएकाे छ ।

    गोईत समूहले जारी गरेकाे विज्ञप्तीमा तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाको भ्रष्ट अध्यक्ष दयानन्द गोइतमाथि कार्वाही स्वरूप उनको निवासमा प्रेसर कुकर बम विष्फोट गराएको दावी गरेका छन ।

    साथै जारी विज्ञप्तीमा भ्रष्टाचार(अपराध) जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएकाे छ । लामोसमयसम्म शान्त रहेको तराईमा पुनः विस्फोटका घटना हुन थालेपछि स्थानियहरु आतंकित भएका छन् ।

    केहि बर्ष पहिलादेखि सशत्र संघर्ष गरिरहेको ज्वाला सिंहलगायतका समुहलाई सरकारले हतियार बिसाउन आब्हान गरेपछि हिंसाको बाटो छोडेको घोषणा गरेपछि तराई शान्त रहेको थियो ।

    त्यसको केही समयपछि सिके राउतले भूमिगत राजनीति सुरु गरेर सशस्त्र संघर्ष घोषणा गरेका थिए । उनको गतिबिधिका कारण अशान्त रहेको तराई उनले मुलधारको राजनीतिमा आएको घोषणा गरेपछि शान्त रहने आशा गरिएको थियो तर लगत्तै फेरी अर्को समुहले बिस्फोट गराउन थालेपछि तराई मधेशमा थप सुरक्षा चुनौती थपिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र संलग्नहरुको खोजी कार्य तिब्र पारिएको बताएको छ । साथै बिस्फोट गराउनेहरुलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ