• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकार सडकमा

    7.1K
    SHARES



    काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् । पत्रकारले सञ्चार साधनसहित प्रदर्शन गरेका छन् ।

    काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख बाँधेका थिए ।

    प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।

    महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिदैछ । विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको महासंघका उपाध्यक्ष विपुल पोखरेलले बताए ।

    पहिलो चरणको आन्दोलन सकिएपछि भोलि शनिबार केन्द्रीय कमिटिको बैठक बसी नयाँ योजना बनाइने उनले बताए । महासंघले आयोजना गरेको प्रदर्शनमा पत्रकारका विभिन्न संघ, संगठनका साथै नागरिक अगुवासमेत सहभागी भएका थिए ।

    नेपाल पत्रकार महासंघले अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको छ ।

    महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने बताएका छन् । संसदमा दर्ता भएको विधेयक हबहु कानुन बनेर आए नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले भोलिदेखि आन्दोलनमा उत्रिए बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ