• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    झापाबाट नेकपाका दुई नेता गिरफ्तार, देशभर धरपकड र खानतलासी जारी

    5.5K
    SHARES

    झापा । झापाबाट बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका दुई जना स्थानीय नेता गिरफ्तार परेका छन्। उनीहरुलाई चैत २९ गते सुक्रबार बिर्तामोड स्थित एक होटलमा बसिरहेको बेला प्रहरीले गरेको नेकपा मेची ब्यूरोले जनाएको छ ।

    नेकपाले आफ्ना स्थानीय नेतालाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ । नेकपा मेची ब्युरोले आफ्ना नेताहरुलाई बिना सर्त रिहा नगरे कडा संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

    गिरफ्तार पर्नेहरुमा पार्टीका मेची ब्युरो सदस्य जितमान राई र अर्का जिल्ला सदस्य असल पन्धाक रहेका छन् । नेकपा मेची ब्युरो कार्यालयका सदस्य प्रमोदले प्रेस विज्ञप्ति प्रकाशित गरी गिरफ्तार नेता-कार्यकर्तालाई बिनासर्त रिहाइको माग गरेका छन् । रिहा नगरिए संघर्ष गर्ने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

    यस्तै उता सुर्खेतमा प्रहरीले अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सुर्खेतको एरिया नम्बर ३ का इन्चार्ज भीम कठायतको घरमा छापा मारेको छ । विशेष सुराकीको आधारमा त्यहाँ पुगेको हतियारधारी प्रहरीले कोठामै छिरेर खानतलासी गरेको बताइएको छ ।

    छापा मार्ने क्रममा कोठाका सामानहरु जथाभावी फ्याकिएको छ भने घरमा केटाकेटी र अविभावकलाई धम्की दिइएको छ । हतियारसहित प्रहरी गाउँमा छिरेर आफुहरुलाइ आतंकित पारेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

    एक स्थानीयले प्रहरी गाउँमा कुनै समस्या वा घटना भएको बेला नआएको तर राजनीतिक कार्यकर्तालाई धरपकड गर्न भने आउने गर्नु गलत भएको बताएका छन् । उनले भने- ‘यदि यस्तो हर्कत भइरहेमा हामी प्रहरीलाई गाउँ छिर्न निषेध गर्छौँ ।’

    यस्तै यता नेकपा नारायणी ब्युरोले आफ्ना ब्यूरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला समिति सदस्य आकाश लामालाई गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।

    उक्त ब्युरोका इन्चार्ज मिलनले शुक्रबार विज्ञप्ति जारी गरी हेटौंडा उपमहानगरपालिका–८ फायरलाइनबाट इन्चार्ज ज्वाला र जिल्ला सदस्य लामालाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गिरफ्तारीप्रति घोर भत्सना र निन्दा गरेका छन् ।

    पार्टी कामको शिलसिलामा हिडिरहेको अवस्थामा उनीहलाई प्रहरीले गिरफ्तार गरेको भन्दै इन्चार्ज मिलनले बिनासर्त रिहा गर्न समेत माग गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नारायणी ब्युरो गिरफ्तार गरिएका क.ज्वाला र क. आकाशलाई बिनासर्त तत्काल रिहाइको माग गर्दछ । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ ।’

    लिनले केपी–प्रचण्ड सरकारले केही समयदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि फासिस्ट दमन अभियान तीव्र्र बनाएको भन्दै दमनले आन्दोलन नरोकिने बरु क्रान्तिकारीहरुलाई थप उर्जा प्रदान गर्ने समेत बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ