• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस सभापतिमा गगन थापा विजयी, बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि

    283
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।

    लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना  बिहानमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

    उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।

    ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । बाँकी सबै पदाधिकारीको मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ ।

    दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग बैठक हुने र तत्पश्चात् मतगणना सुरु गरिने निर्वाचन समिति सचिव राजु कटवालले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ