• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    महिला भलिबल : नेपाल जापानसँग सोझो सेटमा पराजित

    265
    SHARES



    काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलतर्फ आफ्नो पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ ।

    जापानको कोमाकीस्थित पार्क एरेनामा बुधबार भएको खेलमा नेपाल जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । जापान पहिलो सेटमा २५–०८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ मा विजयी भयो ।

    एसियाली महादेशको भलिबल पावर हाउस मानिने बलियो टोली जापानसामु नेपाल निरीह देखियो । घरेलु समर्थकको साथ पाएको जापानले भने आफ्नो दबदबालाई कायम राख्यो ।

    नेपाल रहेको समूह ‘ए’मा जापान र इन्डोनेसिया छन् । अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ । प्रतियोगितामा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले क्वाटर फाइनलमा स्थान बनाउनेछन् । स्वर्ण पदकको लागि असोज ६ गते प्रतिस्पर्धा हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ