काठमाडौं। तान्जानियाको अरुशा शहरमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी भई सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किएका छन्। नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गत असोज १८ गते तान्जानिया गएका थिए।
महासभाका क्रममा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तिकरण’ विषयक मुख्य बहसमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए।
यसैगरी, नेपालको तर्फबाट आपत्कालीन एजेण्डा (Emergency Agenda) का रूपमा पेश गरिएको ‘तत्काल संसदीय कदम’ (Urgent Parliamentary Action) लगायतका विषयमा उनले सम्बोधन गरेका थिए। उक्त प्रस्ताव महासभामा दुई-तिहाइभन्दा बढी मतले स्वीकृत भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रतिक्रिया