• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले दिए राजीनामा

    469
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले राजीनामा बुझाएका हुन् ।

    वृत्ति विकासको अवसर नपाएको र वर्षौँदेखि एउटै पदमा खुम्चिएर काम गर्नुपरेको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ ।काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले कुल १६ जनाले राजीनामा दिएको पुष्टि गरे ।

    महानगर प्रहरी प्रमुख जोशीका अनुसार राजीनामा दिनेहरूमा आठ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक) छन् । यस्तै पाँच जना सई (प्रहरी नायब निरीक्षक) र तीन जना असई (प्रहरी सहायक निरीक्षक) छन् ।

    राजीनामा दिने कुनै पनि नगर प्रहरीको ३० वर्षे सेवा अवधि पूरा नभएको र ५५ वर्षे उमेर हदसमेत ननाघेको जोशीले स्पष्ट पारे । उमेर र सेवा अवधिका हिसाबले काम गर्न सक्ने उमेरमै रहेका पुराना र अनुभवी अधिकृतहरूले नै राजीनामाको बाटो रोजेका हुन् ।

    प्रहरी प्रमुख जोशीले भने, ‘वर्षौंदेखि एउटै पदमा बस्नुपरेको र वृत्ति विकासको कुनै अवसर नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । मैले उनीहरूको वृत्ति विकासका लागि सम्बन्धित ठाउँमा कुरा राखिरहेको छु र छलफल पनि भइरहेको छ, तर धेरै साथीहरू थप काम गर्न अनिच्छुक देखिनुभयो ।’ राजीनामा दिएका अधिकृतहरूको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको समेत उनले जानकारी दिए ।

    यता काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने वृत्ति विकासको अवसर नपाएको झोकमा १७ जना नगर प्रहरीले सामूहिक राजीनामा नदिएको जिकिर गरे । राजीनामा दिनुको मुख्य कारण उनीहरूको उमेर र सेवा अवधिको हदबन्दी रहेको उनको दाबी थियो ।

    संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) ले गरेको व्यवस्था अनुसार हाल नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न नसकिने र करारमा मात्र लिनुपर्ने कानुनी बाध्यता रहेको उनले बताए । करारका कर्मचारीलाई माथिल्लो तहमा बढुवा (वृत्ति विकास) गर्न नमिल्ने उनको भनाइ थियो ।

    विगतमै स्थायी भइसकेका पुराना नगर प्रहरीहरूको बढुवा कसरी गर्ने भन्ने विषयमा भने महानगरले प्रक्रिया खोजिरहेको उनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ