• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न प्रचण्डको आग्रह

    354
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् ।

    गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ ।

    चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको छ । यस अवस्थाबारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका हुन् ।

    ‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ